Home समाचार तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना: तीन जनाको मृत्यु

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना: तीन जनाको मृत्यु

by ईलालटिन
0 comment

दाङ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा  र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।

जिपमा सात जना सवार थिए। प्रहरी नायव उपरीक्षक गोविन्द थापाले सेतोपाटीलाई दिएको जानकारीअनुसार तीन जनाको घटनास्थलमै मृत्यु र चार जना घाइते भएका हुन्। घाइतेको अवस्था सामान्य छ।‘चार जना हामफालेर बाँचेका हुन्। उकालो चढ्न नसकेर जिप ब्याक भएको रहेछ,’ उनले भने, ‘जिपभित्र रहेकाहरूको मृत्यु भएको हो।’सल्यान  र रोल्पाको सिमाना सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा शनिबार बेलुकी उक्त दुर्घटना भएको हो।जिप सडकदेखि करिब डेढ सय मिटर तल खसेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com