Home कला फिल्म हल नचलेपछि ‘क्युएफएक्स’का निर्देशक उद्धिन मःम: व्यवसायमा

फिल्म हल नचलेपछि ‘क्युएफएक्स’का निर्देशक उद्धिन मःम: व्यवसायमा

by ईलालटिन
0 comment

 

पालमा अत्याधुनिक सुविधासम्पन्न भवनमार्फत चलचित्र प्रदर्शन शुरू गरेको पहिलो कम्पनी हो – क्यूएफएक्स । स्थापनाको एक दशमा क्युएफएक्सका शाखा काठमाडौंदेखि मोफसलसम्म पुगेको छ । करोडौं लगानी भएको छ ।

सामान्य हलमा चलचित्र हेर्ने बानी पारेका दर्शकलाई सुविधासम्पन्न अन्तराष्ट्रिय किसिमको हल शुरू गरेर एक दशकमै अधिकांश चलचित्रप्रेमीको मन जितेको क्युएफएक्स यतिबेला पूर्ण रुपमा बन्द छ ।

क्युएफएक्ससँग जोडिएका सयौं कर्मचारीको पनि रोजीरोटी गुमेको छ । ‘रोजीरोटी गुमेको मेरो पनि हो,’ क्युएफएक्सका निर्देशक नकिम उद्धिनले भने, ‘कोभिड–१९ का कारण न म न कर्मचारी सबैलाई गाह्रो परेको छ ।’

कोरोनाका कारण ८ महिनादेखि हल ठप्प भएका छन् । हल कहिले खुल्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो सम्भावना छैन । अब हल नखुल्दासम्मको एउटा विकल्प मःम व्यापार हो मेरो लागि । सोहि कारण मःम व्यापार शुरू गरेको हुँ ।’

लोकान्तर 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com