Home राजनीति पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

by ईलालटिन
0 comment

काठमाडौं । सत्तारुढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै नेतृत्वबीच असमझदारी बढ्दै गएको र यसले पार्टी एकतालाई गम्भीर संकटको मोड ल्याएको बताएका छन्। महासचिव पौडेलले लेखेका छन्, ‘यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’

उनले नेकपा एकीकरणको काम अहिलेसम्म पूरा नहुँदा यसको अस्तित्वमै प्रश्न उठेको जनाएका छन्। ‘राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो।
पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो,’ महासचिव पौडेलले लेखेका छन्, ‘तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ।’

उनले नेतृत्व तहको अन्तरविरोधले पार्टी एकता कमजोर हुन दिन नहुने बताएका छन्। ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन,’ महासचिव पौडेलले भनेका छन्, ‘तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

उनले यसलाई ट्वीटरमा पनि दाेहाेर्‍याएका छन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com