174
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ कोरोना संक्रमित देखिएका छन् ।काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् ।
शनिबार मुलुकभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको मन्त्रालयले जनाएको छ ।