Home समाचार प्रदेश २ को अनुसन्धान व्यूरो, दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन विधेयक प्रमाणीकरण

प्रदेश २ को अनुसन्धान व्यूरो, दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन विधेयक प्रमाणीकरण

by ईलालटिन
0 comment
धनगढी । प्रदेश २ सरकारले प्रदेशसभाबाट पारीत गराएको दुई वटा विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएपछि ती दुई विधेयक ऐनमा परिणत भएको छ।

मंगलबार परियारले प्रदेश अनुसन्धान व्यूरो विधेयक २०७७ तथा प्रदेश दुग्ध विकास वोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश सरकारले प्रदेशभित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित तथा विकास, औद्योगीकरण, व्यापार व्यवस्था प्रवद्र्धन गर्नको लागि सो सम्बन्धी सूचना सङ्कलन गरी प्रशोधन समेत गर्न वाञ्छनीय भएको भन्दै प्रदेश अनुसन्धान ब्यूरो सम्बन्धी विधेयक प्रदेशसभाबाट विधेयक पारीत गराएको थियो।

त्यस्तै निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बजारीकरण मार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्डको स्थापना र सञ्चालन गर्न वाञ्छनीय रहेको भन्दै प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न विधेयक प्रदेशसभामा लगी पारित गराएको थियो।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com