Home बुलेट न्युज ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

by ईलालटिन
0 comment

काठमाडौं ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन ।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवा–बिएम जेभीसँग दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए । ‘दुई महिनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्ता गर्नुप¥यो’, उनले भने, ‘प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरु गर्न सकेका छैनौं ।’ पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको छ ।

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले नौ महिनासम्म पनि पुल निर्माण शुरु हुन नसकेको शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।

‘घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्ने थियो’, वडाध्यक्ष तिलिजाले भने, ‘सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।’ पुनः डिपिआर गरी डिजाइन संशोधन गर्न प्राधिकरणले ढिलाइ गर्दा योजना नै रद्द हुने स्थानीयवासीको चिन्ता छ । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताए ।  नेपला पब्लिक

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com