Home पत्रपत्रिका सरकारले कहाँ कसलाई नियुक्त गर्‍यो ?

सरकारले कहाँ कसलाई नियुक्त गर्‍यो ?

by ईलालटिन
0 comment

काठमाडौँ – सरकारले स्वास्थ्य मन्त्रालय अन्तरगतका विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्ठप्रसाद रिजाललाई मानोनीत गरेको हो।

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा. बाबुराजा आमात्य र राष्ट्रिय आयुर्वेद तथा तालिम विकास समितिको अध्यक्षमा प्रा.डा. देवबहादुर रोका क्षेत्रीलाई मनोनित गरेको बताए।

त्यस्तै सरकारले औषधि परामर्श परिषद्का सदस्यहमा प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई नियुक्त गरेको छ। उक्त बैठकले वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गर्ने गरेको थियो।

त्यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ। उनी काडमाडौं महानगरपालिका वडा नम्बर २१ का स्थायी बासिन्दा हुन्। -deshshanchar.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com