Home पत्रपत्रिका डा. केसीको स्वास्थ्य जटिल, रक्तचाप अत्यधिक घट्यो

डा. केसीको स्वास्थ्य जटिल, रक्तचाप अत्यधिक घट्यो

by ईलालटिन
0 comment

काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको अवस्था झन् जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

उपचारमा संलग्‍न डा. सुवास आचार्यले डा. केसीको स्वास्थ्य अवस्था अत्यधिक चिन्ताजनक बनेको जानकारी दिए ।

उनका अनुसार रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम भएको छ । ‘‘नर्मल स्लाइन दिइएको छ, अन्य कुनै पनि उपचार सेवा लिन मान्‍नुभएको छैन,’’ उनले भने, “जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।”

गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा डा. केसीले सत्याग्रह सुरु गरेका थिए । -बाह्रखरीबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com