Home पत्रपत्रिका उद्योग राज्यमन्त्री मोतीलाल दुगडले नुनको कालोबजारी गरेको आरोप, छानबिन गर्दै सरकार

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले नुनको कालोबजारी गरेको आरोप, छानबिन गर्दै सरकार

by ईलालटिन
0 comment

काठमाडौँ- उद्योग राज्यमन्त्री तथा व्यापारी मोतिलाल दुगडलाई कालोबजारीको आरोप लागेपछि सरकारी छानबिनमा तानिएका छन्।

उद्योगराज्यमन्त्री सञ्चालक रहेको मोरङस्थित नेपालको खाद्य उद्योग दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रालिले सेन्चुरी स्प्रिंकलर्स टेबल साल्ट नामक नुनमा कालोबजारी गरेको थापा पाएपछि उनीमाथि छानबिन सुरु भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रालिले सेन्चुरी स्प्रिंकलर्स टेबल साल्ट नामक नुनमा कालोबजारी गरेको बताए। उनले कालोबारी भएको थाहा भए कारबाही गरिने बताए।

उनले भने, ‘गलत भएको छ भने कसैलाई छोड्न मिल्दैन। साल्ट ट्रेडिङबाट किनेर प्याकेजिङ गरेर बिक्री गरेको पाइएको बुझेको छु। यस विषयमा बुझिरहेको छु।’

उता साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले साल्ट ट्रेडिङबाट खरिद गरी रि-प्याकेजिङ गरेर बिक्री वितरण गर्न नपाइने बताए।

उनका अनुसार रि-प्याकेजिङका लागि पनि सम्बन्धित निकायले इजाजतपत्र लिनुपर्छ। उनले भने, ‘मानौँ साल्ट ट्रेडिङबाट नुन खरिद गर्‍यो। तर त्यो नुनको रि-प्याकेजिङका लागि अनुमति चाहियो नि ? नुन त जहाँबाट नि किन्न पाइन्छ। स्वतन्त्र छ। तर २० रुपैयाँको नुन किनेर त्यसलाई ३२ रुपैयाँमा बेच्नु  गैर कानुनी हो। यस्तो भएमा कारबाहीको भागीदार हुनुपर्छ।?’

यस्तै  जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख कोषहरि निरौलाले केही समय अगाडि बिक्री गरिएको पाइएपनि हाल अनुसन्धान गर्दा त्यसो नदेखिएको बताए। उनले भने, ‘केही समय अगाडिको कुरा हो। हाम्रा कर्मचारीहरु चेकजाँचका लागि गएका थिए। तर अहिले त्यस्तो देखिएको छैन।  यदि कर्मचारीले बदमासी वा गलत  गरेको प्रमाणित भए कारबाही हुन्छ।’

यस्तै राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले  दुगड कम्पनीले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्ट नामक नुनमा कालोबजारी गरेको आरोप लगाए। उनले भने, ‘दुगडले नुन प्याकेजिङ गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयाँ ३२ (प्याकेटमा अंकित मूल्य रुपैयाँ ३५) मा बिक्री बितरण भगरिरहेको छ। उनको कम्पनी र मालिकलाई कानुनी दायरामा ल्‍याएर कारबाही गर्नुपर्छ। यो गैरकानुनी धन्दा हो।’

सरकारले एकल रुपमा आयोडिनयुक्त नुन कारोबारका लागि साल्ट ट्रेडिङ कर्पोरेशनलाई अधिकार दिएको छ। वि.सं. २०२० सालदेखि नै साल्ट ट्रेडिङले एकल अधिकारमा नुन बिक्री/वितरण गर्दै आएको छ। बजारमा एक केजी आयोडिनयुक्त नुनको मूल्य २५ रुपैयाँ छ। तर दुगडले बेच्ने नुनको मूल्य ३२ रुपैयाँ रहेको अध्यक्ष महर्जनको आरोप छ।

उनले भने, ‘साल्ट ट्रेडिङ बाहेक अन्य कसैलाई सरकारले नुन बिक्रि वितरण गर्ने अधिकार दिएको छैन। तर  दुगडले गैर कानूनी रुपमा नुन बिक्री गरिरहेका छन्।’

सरकारले नुन बिक्री वितरण गर्ने अधिकार साल्ट ट्रेडिङमात्र दिएको भए दुगड कम्पनीले कसरी नुन बिक्रि गर्‍यो  भन्नेबारेमा छानबिन हुनु पर्ने बताए।

सरकारको बिना अनुमति राज्यमन्त्री दुगडको कम्पनीले प्याकेजिङ गरेर महंगो मूल्यमा नु बिक्री गरिरहेकाले कनम्पनी तथा मन्त्रीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए।

उक्त पत्रमा लेखिएको छ, ‘नेपाल सरकारको कण्ठरोग नियन्त्रण समितिको नीति तथा निर्देशनमा मात्र आयोडिनयुक्त नून बिक्रि बितरण गर्न पाउने व्यवस्था गरेको छ । तर उक्त कम्पनीले स्प्रिंकल टेवल साल्ट (नून) को उत्पादन तथा बिक्रि वितरण गर्ने काम गरी भ्रमात्मक प्रचार गरी उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थाहरुको उल्लंघन गर्ने काम गरेको देखिएको छ।बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रतिकिलो २० रुपैयाँमा पाइरहेको अवस्थामा प्याकेजिङ्ग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयाँ मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ विपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएको छ।’

यसका साथै खाद्य ऐन, २०२३ को दफा ४ (ख) मा तोकिएको खाद्य पदार्थको उत्पादन, बिक्रि वितरण, संचय, वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिए बमोजिम अनुज्ञा पत्र लिनुपर्ने व्यवस्था गरिएकोमा अनुज्ञा पत्र वा इजाजत पत्र नलिएको र खाद्य ऐन २०२३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुण र स्तर तोक्ने अधिकार नेपाल सरकारलाइ मात्र रहेको र नेपाल सरकारले मिति २०५७।१०।२३ को नेपाल राजपत्रको भागको ३ खण्ड ५० संख्या ४२ मा प्रकाशित सूचना अनुसार आयोडिनयुक्त नूनको गुणस्तर निर्धारण गरिएकोमा प्रस्तुत सेन्चुरी टेवल साल्टको प्याकेटमा ‘प्रडक्सन कन्सिटिङ अन्डर फुडस् ल अफ नेपाल’ मात्र उल्लेखगरी सर्वसाधारण उपभोक्तालाई झुक्याउने काम गरेको छ ।

‘हामीलाइ अत्यन्त खेद छ की नेपाल सरकारको तर्फबाट आपूर्ति व्यवस्थापन गर्ने, बजार व्यवस्थापन गर्ने तथा उपभोक्ता हक अधिकारको संरक्षण गर्ने नेपाल सरकारको राज्यमन्त्री जस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै सञ्‍चालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन् हुने, कानून बिपरित कार्य हुने र उपभोक्ताको संबैधानिक अधिकारलाई वेवास्ता गर्दै व्यक्तिगत स्वार्थलिप्साबाट प्रेरित हुँदा हामी उपभोक्ताहरु अत्यन्त मर्माहित हुन पुगेकाछौँ।’ सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बिषयमा अत्यन्त गम्भिर ध्यान पुर्याउनु भइ आम उपभोक्ताको पक्षमा निर्णय गर्नु हुनेछ भन्ने अपेक्षा सर्वसाधारण उपभोक्ताको तर्फबाट राखेका छौंँ। अन्य थप प्रमाणको लागी श्री खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट प्रमाण झिकाइ पाऊ’ प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष महर्जनका अनुसार सरकारलाई पत्राचार गरे पनि कुनै कारबाही नभएको र अहिले पनि विभिन्न भाटभटेनी लगायतका स्टोरहरुमा नुन बिक्री भइरहेको छ।

मन्चमा गुनासो आएकोमा गुनासो व्यवस्थापन गर्ने क्रममा यस मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा २०७७ भदौ १२ गते उजुरी निवेदन दिएको थियो ।

उक्त उद्योगमाथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्री बितरणमा रोक लगाउन मञ्चले माग गरेको छ।-देशसंचार

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com