Home बुलेट न्युज बालुवाटारमा ‘दाङ’लाई लिएर चर्काचर्की : ओली-प्रचण्डका अगाडि पोखरेल र पौडेलका आ-आफ्ना अडान

बालुवाटारमा ‘दाङ’लाई लिएर चर्काचर्की : ओली-प्रचण्डका अगाडि पोखरेल र पौडेलका आ-आफ्ना अडान

by ईलालटिन
0 comment

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आइतवार भएको भेटवार्तामा प्रदेश ५ को राजधानीको विषय प्रवेश गरेको छ ।

भेटवार्तामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए ।

छलफलमा महासचिव पौडेलले राजधानी दाङमा सार्ने पार्टीको निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । ‘प्रदेश ५ को राजधानी दाङ होइन बुटवल नै हुनुपर्छ भन्ने अडान महासचिव पौडेलले लिनुभएको थियो,’ छलफलमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘तर मुख्यमन्त्री पोखरेलले भने दाङ नै उपयुक्त ठाउँ भएको भन्दै पछि नहट्ने बताउनु भयो ।’

प्रदेश ५ को स्थायी राजधानी दाङलाई बनाउनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले केही दिनअघि अध्यक्षद्वयलाई पत्र लेखेका थिए । पोखरेलको पत्र आएपछि ओली र प्रचण्डबीच दाङलाई नै राजधानी बनाउने विषयमा सहमति जुटेको थियो ।

राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने विषयमा विगत २ सातायता अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर छलफल हुने गरेको छ । आइतवारको छलफलमा भने दाङका विषयमा कुराकानी भएको थियो ।

प्रदेश राजधानी दाङ राख्ने निर्णय प्रदेशसभामा रहेको नेकपा संसदीय दलले गरेपछि आइतवार बिहानदेखि नै प्रदर्शन शुरू भएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका ३ सल्लाहकार, स्वकीय सचिव र प्रेस संयोजकलगायत ६ दर्जन सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि आइतवार बस्ने भनिएको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर प्रचण्ड भने ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।-लोकान्तरबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com