काठमाडौं। कलाकार जितु नेपाल मुन्द्रेको हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको अध्यक्षका रुपमा करिष्मा मानन्धर देखिने भएकी छिन्। यसअघि दीपाश्री निरौलाले उक्त भूमिका निर्वाह गरिरहेकी थिइन्।
उनले भनेकी छिन्, ‘ निकट भविष्यमा टेलिभिजनको पर्दामा केही फरक कार्यक्रम सहित उपस्थित हुनेछु।’ मुन्द्रेले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि केही शृंखला छायांकन भइसकेको बताइएको छ। शृंखलाको पहिलो भागमा रेखा थापा अतिथिका रुपमा देखिने बताइएको छ। कार्यक्रममा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’, सन्ध्या बुढा ‘काउली बुढी लगायत कलाकार छ