Home पत्रपत्रिका महरालाई स्थायी कमिटी सदस्य बनाउन ओली प्रचण्ड छैनन् सकारात्मक

महरालाई स्थायी कमिटी सदस्य बनाउन ओली प्रचण्ड छैनन् सकारात्मक

by ईलालटिन
0 comments

काठमाडौं: पूर्व सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट  पार्टी (नेकपा) को तत्काल स्थायी कमिटी सदस्य नबन्ने भएका छन्। महरा स्थायी कमिटी सदस्य हुन लागेको भन्दै नेकपाभित्र चर्चा भइरहेको भए पनि तत्कालै सदस्य बनाउन नेतृत्व तयार नभएको स्रोतले बताएको छ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्ड उनलाई स्थायी कमिटी सदस्य बनाउन तयार नभएको ओली निकट एक नेताले बताए। ‘उनको अदालतमा पुनरावेदनका हिसाबले सबै कुरा सकिएको छैन। यही कारणले पनि तत्काल बन्ने सम्भावना छैन,’ ती नेताले भने। ओली प्रचण्डका केही दिन यताका भेटमा महराका विषयमा पनि छलफल भएको थियो।

महरालाई तत्काल स्थायी कमिटिमा ल्याउन नहुने ओलीको अडानमा प्रचण्ड पनि सहमत भएको ओली निकट स्रोतले जनाएको छ। महरालाई स्थायी कमिटी सदस्य बनाएमा गलत सन्देश जाने भएकाले पनि हालसालै स्थायी कमिटी सदस्य उनी नहुने स्रोतको भनाई छ। ‘विभिन्न राजनीतिक नियुक्तिका विषयमा नै पछिल्ला छलफल भएका हुन्। महराजीको विषयमा पनि कुरा भएको हो। तर अध्यक्षहरुले उनलाई स्थायी कमिटीमा ल्याउँदा गलत सन्देश जाने भएकाले तत्काल उनको सम्भावना कम छ,’ ती नेताले भने।

ओली प्रचण्डको आजको भेट पछि मन्त्रिमण्डल पुनर्गठनका लागि शनिवार सचिवालयको बैठक बोलाइएको छ। संसद सचिवालयकी एक महिलाले महरालाई बलात्कारको आरोप लगाएपछि उनी सभामुखबाट बाहिरिनु परेको थियो। महराले ती महिलासँग आफ्नो पारिवारिक सम्बन्ध रहेको तर यौन दुव्यबहार नगरेको दाबी गर्दै आएका थिए।

बलात्कारको आरोप लगाएकी महिलाले अदालतमा इन्कारी बयान दिएपछि महरा कारगारबाट छुटेका थिए। २०७६ असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो। डिल्लिबजार कारागारमा रहेका उनी फागुन ५ गते छुटेका थिए।-pahilopost.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com