Home पत्रपत्रिका जबरजस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

जबरजस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

by ईलालटिन
0 comment

जनकपुरधाम : जबरजस्ती करणीको आरोपमा वडा सचिव पक्राउ परेका छन्। महोत्तरीको महोत्तरीको भंगहा नगरपालिका ९ स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ परेका हुन्।

सोही वडाका एक महिलालाई भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले बुधबार साँझ जबरजस्ती करणी गरेको महिलाको आरोप छ । घटनापछि बिहीबार ९ बजेतिर आरेपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।

बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरी प्रमुख उपरिक्षक केसीको भनाइ छ । महिलाले दिएको बयानका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको छ, थप अनुसन्धान मेडिकल परीढण पछि मात्र खुल्छ,’ प्रहरी उपरीक्षक केसीले भने ।

अहिले वडा सचिव यादवलाई प्रहरी हिरासतमा राखिएको छ । स्थानीयका अनुसार वडा सचिव यादव राती अत्याधिक मदिरा सेवन गरेका थिए । annapurnapost.com

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com