Home Trending एक्का चिडिको के सुनाऊँ समाचार रित्ता पिँढीको

एक्का चिडिको के सुनाऊँ समाचार रित्ता पिँढीको

by ईलालटिन
0 comments
एक्का चिडिको, एक्का चिडिको । कतै सुन्नु भएको छ ? नसुन्ने त कुरै भएन होला । तास खेल्नेहरूका लागि त यो नौलो रहेन । नखेल्नेहरूले पनि सुनेकै होलान् । तासमा बाहेक अन्त एक्का चिडिका कुरा आउने स्थित पनि थिएन ।
तर अबका दिनमा भने एक्का चिडि तासको खालमा मात्र नभएर लोकसँगीतमा समेत सुनिने र देखिने भएको छ । त्यो पनि वियोगान्त गीतमा । यस गीतका गायक सुभाष पौडेलले बताए अनुसार तासमा चार वटा एक्का मध्ये सबै भन्दा कमजोर चिडिको एक्कालाई मानिन्छ ।
त्यही चिडिको एक्कालाई मेटाफोरिक रूपमा राखेर एउटा परिवारको गरिबी र बाध्यतालाई देखाउन खोजिएको छ । गीतको बोलले भन्छ – “एक्का चिडिको के सुनाऊँ समाचार रित्ता पिँढीको ।”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com