पर्वत । राष्ट्रियसभा निर्वाचनका लागि पर्वतबाट १४ जना आकाङ्क्षीको नाम सिफारिस भएको छ । आउँदो माघ ११ गते हुने निर्वाचनका लागि गण्डकी काँग्रेसले आकाङ्क्षीहरूको नाम सिफारिस गरेको हो ।
गण्डकीमा तीन क्लस्टरमा हुने निर्वाचन अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकमा १÷१ गरी तीन पद रिक्त हुँदै छ । त्यसकै लागि बुधवार काँग्रेस प्रदेश कार्यसमितिले पर्वत सहित अन्य जिल्लाको आकाङ्क्षी गरेर जम्मा १७२ जनाको नामावली सिफारिस गरेको छ ।
पर्वतबाट अन्यमा ऋषिकेश तिवारी, डाक्टर कुशुमाकार न्यौपाने, खिमप्रसाद भुसाल, गंगाधर पौडेल, गंगाराज पौडेल दण्डपाणी रिजाल, नवराज गुरुङ, रामकृष्ण मल्ल र राम शर्मा पौडेल रहेका छन् ।
यस्तै महिलातर्फ मिना केसी, राधा क्षेत्री र सीता काफ्ले लामिछाने रहेकी छिन् भने अपाङ्गता र अल्पसङ्ख्यकतर्फ चाहिँ बलभद्र शर्मा र रुद्र«लाल उपाध्यायलाई राष्ट्रियसभा सदस्य पदका लागि नाम सिफारिस गरिएको छ ।
