73
पर्वत । एउटा कुरा । यही मङ्सिर २१ गते कुश्मामा केपी शर्मा ओली आउँदै छन् । उनले नेकपा एमाले पर्वतले बान्द्रेबेडी चौरमा राखेको आमसभालाई सम्बोधन गर्नेछन् ।
यस ठाउँ आफैमा ऐतिहासिक त छँदै छ । त्यो सँगै केपी ओलीको कारणले चर्चित पनि छ । कुरा यस भन्दा अघिको सङ्घीय चुनावमा स्वयं ओली आएर रेलका सपना बाँडेका मात्र थिएनन् । कुश्मामा रेलको स्टेसन नै बन्ने गफ भाषणमा सुनाएका थिए ।
सहभागीहरू पनि के कम उनको गफमा ताली पिटेर अब रेल आइ नै पुग्यो जसरी उफ्रन थाल्छन् । अहिले उनै जनहरूले केपी ओली कुश्मा आउने भन्ने थाहा पाएपछि सामाजिक सञ्जालमा ओलीको व्यङ्ग्य गर्न थालेका छन् ।
अब हेर्न बाँकी छ, २१ गते केपी ओलीले रेलका कुरा गर्छन् कि रियलका कुरा ।