Home Social सार्वजनिक व्यामको दुर्दशा

सार्वजनिक व्यामको दुर्दशा

by ईलालटिन
0 comment
पर्वत । एउटा कुरा । हामी नागरिकका लागि प्रश्न । प्रश्न के भने राज्यले लगानी गर्ने सार्वजनिक सम्पत्तिको सदुपयोग र संरक्षणमा कति जिम्मेवारी रहन्छौँ भन्ने हो । सायदै कम जिम्मेवार रहन्छौँ होला ।
त्यसको उदाहरण हेर्न टाढा पुग्नै पर्दैन । कुश्मा नगरपालिका–७ गोदाम चौरमा पुग्दा हुन्छ । केही वर्ष अघि स्थानीय सरकार वडाले स्थानीय र कुस्मावासीहरू सबैलाई ध्यानमा राख्दै सार्वजनिक व्यामको स्थापना गरिदियो । केही समयसम्म व्याम स्थलमा मान्छेहरूको भिड् नै भयो ।
बिस्तारै मान्छेहरूले सदुपयोग कम दुरुपयोग ज्यादा गर्न थाले ।
व्याम स्थल वरिपरि लगाइएका तार, ढोकादेखि व्यामका सामग्रीहरू पनि बिगार्ने, भत्काउने र बोकेर घर लानेसम्म गर्न थाले । अहिले त फोहोर जम्मा पार्ने डम्पिङ क्षेत्र जस्तो बन्दै जाने पो देखिन्छ ।
पर्वतमा सार्वजनिक स्थलमा व्यामको अवधारणा स्थानीय सरकारको पहिलो र राम्रो प्रयास थियो । तर, के गर्ने ? हामीहरू नै गैरजिम्मेवार भएपछि ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com