235
पर्वत । एउटा कुरा । त्यो पनि सदरमुकाम नजिक रहेका अग्ला तथा लामा झोलुङ्गे पुलहरूका कुरा । अनि ती पुलहरूलाई कुरूप देखाउने गरी विज्ञापनका सामग्रीहरू मनलाग्दी राखिएका कुरा ।
पर्वतलाई अग्ला तथा लामा पुलहरूको पहिलो जिल्ला भनेर पनि चिनिन्छ । यही पुलहरूका कारण पछिल्लो दिनमा बन्जीजम्प निर्माण भएको हो । अग्ला तथा लामा पुलहरूले पर्यटनको क्षेत्रमा राम्रै टेवा पु¥याउँदै आएका छन् ।
तर, पर्वत पर्यटनलाई उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको पुल आसपासमा जथाभाबी राखिने विज्ञापनका सामग्रीहरूले राम्रो सन्देश प्रवाह गरिरहेको छैन ।
त्यसतै कुश्मा ज्ञादी पुलको प्रवेशद्वारमा ठडाइएको फलामको संरचनाको कुनै अर्थ देखिँदैन । बरु पुलको सौन्दर्यलाई बिगार्ने काम गरिरहेको छ । त्यसैले यसलाई तत्कालै हटाउँदा उचित हुने देखिन्छ ।
एकातिर स्थानीय सरकारले जहाँ पायो त्यहीँ विज्ञापनका सामग्रीहरू मनलाग्दी राख्न दिएको छ भने विज्ञापनबाट उठ्न सक्ने कर समेत खेरा गइरहेको स्थिती छ ।