Home विशेष पर्वत ः किसानको नाममा मनलाग्दी, अनुदानको मिनिटेलर विक्री

पर्वत ः किसानको नाममा मनलाग्दी, अनुदानको मिनिटेलर विक्री

by ईलालटिन
0 comment

महेन्द्र जिसी
पर्वत । पर्वतमा कृषि यान्त्रिकीकरण अनुदानमा दुरुपयोग भएको पाइएको छ । फलेवास नगरपालिका–४ मुडिकुवामा विभिन्न समूहलाई उपलब्ध गराइएको मिनिटेलर हलोको दुरुपयोग भएको हो ।

पहिल्यै नै अनुदानमा मिनिटेलर हलो पाइसकेका किसानहरूले यस पटक फेरि अनुदानमै मिनिटेलर हलो बुझेका थिए । तर, उनीहरूले आफूले मिनिटेलर हलोको प्रयोग नगरेर अर्कैलाई विक्री गरेका हुन् ।

किसानले खेतीका लागि समूह बनाएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ बागलुङले किसानको समूहलाई मिनिटेलर हलो उपलब्ध गराउने गर्छ । चालु आर्थिक वर्षमा पनि मुडिकुवामा रहेका विभिन्न कृषि समूहलाई जम्मा १२ ओटा मिनिटेलर हलो वितरण गरिएको थियो । तर, त्यसमध्ये २ ओटा मिनिटेलर हलो चाहिँ समूह बाहिरका व्यक्तिलाई विक्री गरेको भेटिएको हो ।

अनुदानमा पाएको कृषि सामाग्रीको दुरुपयोग बारेमा स्थानीयले कृषि ज्ञान केन्द्र पर्वतमा उजुरी गरेका थिए । सोही आधारमा अनुगमनमा पुग्दा श्रीसुवा कृषि उपज तथा सिँचाई समूह र ठुमी कृषक महिला समूहलाई उपलब्ध मिनिटेलर हलो सिँचाइ समूहका अध्यक्ष गणेश भुसाल र महिला समूहका सदस्य दिल बहादुर कुँवरले विक्री गरेका हुन् ।

कृषि ज्ञान केन्द्र पर्वत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई बागलुङले अनुगमन गरेको थियो । अनुगमन टोलीले अनुदान प्राप्त उपकरण अन्यत्र विक्री वितरण गर्ने समूहलाई कालो सुचीमा राखेर कारबाही गरिने कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले बताइन् ।

मुडिकुवामा चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ बागलुङ सामुदायिक कृषि विकास समूह, गौँडा बञ्चासे कृषक समूह, श्रीसुवा कृषि उपज तथा सिँचाई समूह र थुमी कृषक महिला समूहलाई १२ थान मिनिटेलर हलो अनुदानमा वितरण गरेको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com