Home राजनीति काँग्रेस सभापति जोशीबाट जनताको काममा इमान्दारिता देखाउने जनप्रतिनिधिहरुलाई निर्देशन

काँग्रेस सभापति जोशीबाट जनताको काममा इमान्दारिता देखाउने जनप्रतिनिधिहरुलाई निर्देशन

by ईलालटिन
0 comment

पर्वत। नेपाली काँग्रेसको तर्फबाट पर्वतका विभिन्न स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरूको  बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरूले गरेका कार्य र पार्टीको सङ्गठनात्मक संरचना विकासमा खेलेको भूमिकाको विषयमा आज पार्टी कार्यालयमा छलफल भएको हो ।

उक्त छलफलमा सहभागी भएका जनप्रतिनिधिहरूलाई पार्टी सभापति युवराज जोशीले सम्बोधन गर्दै जनपक्षिय काम गर्न निर्देशन दिनुभयो । उहाँले पार्टीको तर्फबाट जनप्रतिनिधि भएका स्थानीय तहका मेयर, जिल्ला समन्वय समितिका सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं वडाध्यक्षहरूलाई पार्टीको नीति तथा निर्देशनहरूको पालना गर्न अनुरोध गर्नुभयो । पर्वतमा विगतमा भएको निर्वाचन र निर्वाचनमा भएका कमी कमजोरी लाई केलाएर आगामी दिनमा आफ्नो पक्षमा नतिजा ल्याउने हिसाबले लाग्न पनि सभापति जोशीले आग्रह गर्नुभएको थियो ।

जनप्रतिनिधि र पार्टि बिचको सम्बन्ध सुमधुर बनाउन पहल गर्ने सभापति जोशीले बताउनुभयो । नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पार्टीको निर्देशन र जनताको चाहना लाई ध्यानमा राखेर काम गर्दै आएको बताउनुभयो । पार्टीका एजेन्डा जनता सम्म पुराउन आफूहरूले पुलको काम गर्दै आएको जोशीले बताउनुभयो ।

पालीका प्रमुख सबले आआफ्नो धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन पार्टी सचिव गुप्तानिधि शर्माले गर्नुभएको थियो । पार्टीले केही समयमै प्रशिक्षण सञ्चालन गर्ने र जिल्ला हुँदै पालीका स्तरमा पनि प्रशिक्षण चलाउने आजको बैठकले निर्णय गरेको सचिव पार्टी प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com