Home जनप्रतिनिधि पर्वतबाट पहिलो पटक क्याबिनेट मन्त्री बन्नेमा गिरी ढुक्क

पर्वतबाट पहिलो पटक क्याबिनेट मन्त्री बन्नेमा गिरी ढुक्क

by ईलालटिन
0 comment

पर्वत । पर्वतबाट प्रतिनिधि सभा चुनाव जितेको नेकपा एमालेका सांसद पदम गिरी अहिले काठमाण्डौँको भेटघाटमा व्यस्त छन् ।

पर्वतबाट एमालेले एक प्रतिनिधि सभा र दुई प्रदेशसभा सहित तीन वटै निर्वाचन क्षेत्रमा क्लिनस्वीप गरेपछि गिरीको चर्चा एमाले पार्टीभित्र चुलिएको हो ।

यस पटक पनि गठबन्धनलाई पराजित गरेर दोस्रो पटक लगातार चुनाव जितेका र पहिलो पटक चुनाव जितेकाहरूको समेत सन्तुलन मिलाएर मन्त्री बनाउने दबाब भएको हुँदा गिरी मन्त्री बन्ने निश्चित जस्तै भएको हो । मन्त्री बन्ने कुरा स्वयं गिरीले पनि स्वीकार गरेका छन् ।

“मेरो सम्भावना बलियो छ तर कुन मन्त्रालय भन्ने निर्णय भइसकेको छैन ।”, गिरीले भने, “देशभरिबाट विपक्षी दललाई क्लिनस्वीप गरेर पार्टीलाई बलियो बनाउनेमा तीन जिल्लाका सांसद मात्रै छौँ, त्यसमा पनि २०७४ र २०७९ को दुवै चुनाव जितेर मन्त्री बन्न नपाएको सांसदहरू म सहित चार जना छौँ ।”

यसपालि पर्वतलाई नेकपा एमालेको नेतृत्वले जिम्मा दिनेमा सांसद गिरी ढुक्क जस्तै देखिन्छन् । “पञ्चायत देखि अहिलेसम्म ६० वर्षको इतिहासमा कोही पनि पर्वतबाट क्याबिनेट मन्त्री बनेका छैनन् ।”, उनले भने, “यो पर्वतलाई गरेको उपेक्षा हो, पार्टीले यस कुरालाई हेक्का राखेर जिम्मेवारी दिनेमा विश्वस्त छु ।”

एमालेले क्लिनस्वीप गरेका तीन जिल्लामध्ये धनकुटा,पर्वत र अर्घाखाँची हुन् । पुस ५ गते आयोजित विशेष कार्यक्रममा ओलीले नै तीन जिल्लासहित पहिलो पटक संसदीय इतिहासमा विजय निकाल्ने सोलुखुम्बु जिल्ला कमिटीलाई पुरस्कृत गरेका थिए । अर्घाखाँचीबाहेक धनकुटा र पर्वतले अहिलेसम्म मन्त्री पाएको छैन ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com