Home जनप्रतिनिधि पर्वतमा गठबन्धन दलले सार्वजनिक गरेको चुनावी साझा प्रतिवद्धता–पत्रमा के–के छन् ?

पर्वतमा गठबन्धन दलले सार्वजनिक गरेको चुनावी साझा प्रतिवद्धता–पत्रमा के–के छन् ?

by ईलालटिन
0 comment

पर्वतको विकास र समृद्धिका लागि गठबन्धनको तर्फबाट साझा प्रतिवद्धता

१. पर्वतका ६१ वटै वडा जोड्ने पक्की सडक निर्माण गरिने छ ।
२. सबै स्थानीय तहमा एउटा व्यवस्थित बजार, पर्वतका ७ स्थानीय तहमा ७ व्यवस्थित शहर निर्माण र मौजुदा शहरलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन पहल गरिने छ ।
३. पर्वत जिल्लाको समृद्धिको संभावना बोकेका कृषि, पर्यटन, उर्जा र जडीबुटी प्रशोधनको लागि लगानी बढाउन प्रदेश र केन्द्र सरकारलाई आवस्यक दवाव दिइने छ ।
४. घरघरमा धारा, शौचालय र फोहर व्यवस्थापन र उज्यालो बस्ती हुनेछ ।
५. ज्येष्ठ नागरिकहरुकोलागि एकीकृत सेवा आश्रम र जीवनको मर्यादित उत्तरार्ध । साथै अपाङ्ग मैत्री सार्वजनिक पूर्वाधार निर्माण गर्न पहल गरिने छ ।
६. प्रत्येक वडामा बालउद्यान, हरित पार्क, खेलकुद हल, मैदान र वार्षिक प्रतियोगिताहरुको संचालन गरिने छ ।
७. युवाहरुलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण तयार गर्न प्रदेश सरकार र केन्द्र सरकारसँग युवा लक्षित कार्यक्रम लागु गर्न माग गरि र शिघ्र कार्यान्वयनमा ल्याइने छ ।
८. कृषि, पशु सेवा, खानेपानी, सिंचाइ, पर्यटन, उद्योग व्यापारका लागि एकद्वार एकीकृत सेवा केन्द्र संचालन गरिने छ ।
९. हरेक स्थानीय तहमा स्थानीय कला, संस्कृति र संगीतसंग सम्वन्धित संग्रहालय, ग्यालरी र थिएटर संचालनमा ल्याइने छ ।
१०. निजी क्षेत्रका उद्यमीहरुको उन्नति र सामुदायिक उत्तरदायित्वको आकारमा विस्तार गरिने छ ।
११. कृषिलाई उद्योग र कृषकलाई उद्यमी बनाउने स्वरोजगारमूलक विशेष कार्यक्रम लागु गर्ने र युवा र महिला लक्षित स्वरोजगारमूलक कार्यक्रमका लागि विशेष अनुदानको व्यवस्था गरिने छ ।
१२. नागरिकहरुलाई आस्था अनुसारको मठ मन्दिर, प्रार्थना गृहको व्यवस्था गरिने छ ।
१३. स्थानीय सांस्कृतिक, धार्मिक, ऐतिहासिक सम्पदाको संरक्षण र प्रबद्र्धन गरिने छ ।
१४. प्रत्येक सामुदायिक विद्यालय तथा क्याम्पसहरुको शैक्षिक गुणस्तर एवं भौतिक पूर्वाधार विकासमा आमुल सुधार, स्वोजगारमुलक तथा स्वउद्यम प्रर्वद्र्धन गर्ने प्राविधिक शिक्षालयको व्यवस्था । एक विद्यालय, एक लाइब्रेरीको व्यवस्था र एक विद्यालय एक कम्प्युटर ल्यावको व्यवस्था गर्न पहल गरिनेछ ।
१५. प्रत्येक स्थानीय तहमा एफ एम रेडियो, डिजिटल टि.भी. र स्तरीय पत्रपत्रिकासम्मको पहुँच र सार्वजनिक पुस्तकालय स्थापनामा हुनेछ ।
१६. प्रत्येक नगरपालिकामा २५ देखि ५० शैयाको अस्पताल र प्रत्येक गाउँपालिकामा १५ देखि २५ शैयाको अस्पताल निर्माणलाई तदारुकताका साथ कार्यान्वयन गरिने छ ।
१७. हरेक वडामा युवा, किसान, महिला क्लवहरुको गठन र उनीहरुको क्षमता अभिवृद्धिका लागि आवस्यक तालिमको व्यवस्था गरि दक्ष जनशक्ति निर्माण गरिने छ ।
१८. प्रत्येक वडामा कम्तिमा एउटा सुरक्षा पोष्ट स्थापनाका लागि पहल गरिने छ ।
१९. प्रत्येक स्थानीय तहमा एउटा वारुण यन्त्र र एउटा एम्वुलेन्सलाई अनिवार्य गरिने छ ।
२०. प्रत्येक वडामा विपद्का बेला सुरक्षित रहन सकिने सेल्टर र सार्वजनिक भवन, एउटा हेलिप्याड निर्माण गरिने छ ।
२१. साना तथा घरेलु उद्योग, कृषि तथा खनिज प्रशोधन र पर्यटन केन्द्रहरुको स्थापना गरिने छ ।
२२. सबै नागरिक मर्यादित पेशा÷व्यवसायमा संलग्न, सामाजिक र राजनीतिक क्रियाकलापमा सक्रिय रहने वातावरण निर्माण हुनेछ ।
२३. जनउत्तरदायी र भ्रष्टाचारमुक्त कर्मचारी प्रशासन हुनेछ ।
२४. पर्यटकीय संभावना बोकेका पर्वतका विभिन्नक्षेत्रहरुमा सम्भाव्यता अध्ययन गरि पूर्वाधार तथा केवलकार संचालनका लागि पहल गरिने छ ।
२५. आगामी दुईबर्षभित्र भूमिहीनताको अन्त्य गरिने छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com