Home विशेष प्रेस यूनियन पर्वतको कार्यालय स्थापना, सूचना केन्द्र ‘ न्यूज डेस्क’ समेत सञ्चालन

प्रेस यूनियन पर्वतको कार्यालय स्थापना, सूचना केन्द्र ‘ न्यूज डेस्क’ समेत सञ्चालन

by ईलालटिन
0 comment

पर्वत । नेपाल प्रेस यूनियन पर्वतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गाउँ गाउँमा नागरिक सामु गरेका प्रतिबद्धता र नागरिकका अपेक्षाका बारेमा सूचना प्रवाह गर्ने उद्देश्यले सूचना केन्द्र ‘ न्यूज डेस्क’ सञ्चालन गरेको छ ।

यूनियनले सबै पत्रकार सङ्गठनहरू लाई समेत सहभागी गराई हरेक वडा र बस्तीमा हुने चुनावी गतिविधि सहज र सरल रूपमा प्रचार गर्ने गरी सूचना केन्द्र स्थापना गरेको हो ।

सोमबार एक कार्यक्रमका बिच प्रेस यूनियनमा आबद्ध पत्रकारहरूको उपस्थितिमा ‘डेस्क’ बाट समाचार सामग्रीहरू उत्पादनको सुरुवात गरिएको हो । निर्वाचनको बेलामा आम नागरिकलाई तथ्यपूर्ण सूचना दिएर उपयुक्त उम्मेदवारलाई मतदान गर्ने वातावरण सिर्जना गर्नका लागि सदरमुकाम कुश्मा स्थित आचार्य चोकमा प्रेस यूनियनको कार्यालय समेत स्थापना गरेर ‘डेस्क’ राखिएको हो ।

प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीका अनुसार ‘डेस्क’ बाट आम नागरिकले भोगिरहेको साझा समस्या, नागरिकले अपेक्षा गरेका सामाजिक परिवर्तनका विषय तथा पूर्वाधार निर्माणको क्रम लगायत जिल्लाको समग्र अवस्थाका बारेमा खोजी गर्ने र तिनलाई सञ्चार माध्यमबाट प्रकाशन गर्ने काम हुने छन् ।

प्रेस यूनियनको आज बसेको बैठकले डेक्समा रहने प्रतिनिधिलाई जिम्मेवारी पनि तोकेको छ । डेस्क बाहिर रहेर स्थानीय स्तरमा भइरहेका क्रियाकलापहरूको रिपोर्टिङ गर्ने गरी पनि जिम्मेवारी बाँडफाँट गरिएको युनियनका सचिव सुमन जंग थापाले बताए ।

‘न्यूज डेस्क’ का संयोजक ओमप्रसाद घायलले जनताका अपेक्षा सम्बन्धित तहसम्म पु¥याउने बताउँदै जनताको अनुभूतिका कुरा बाहिर ल्याउने काम ‘डेस्क’ बाट हुने बताए । निष्पक्ष र तटस्थ समाचार बाहिर नआउँदा नागरिकका मुद्दाको सुनुवाइ नहुने भएकाले जनजीविकालाई सहजीकरण गर्न सहयोग पुग्ने गरी प्रेस यूनियनले समाचार सामग्रीहरू तयार पार्ने उनको भनाई छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com