Home Social  “अर्जुन प्रसाद जोशीले १६ वर्ष सांसद भएर के गर्‍यो ? ” 

 “अर्जुन प्रसाद जोशीले १६ वर्ष सांसद भएर के गर्‍यो ? ” 

by ईलालटिन
0 comment

पर्वत । “केही मान्छेहरूले मलाई सामाजिक सञ्जाल मार्फत अर्जुन प्रसाद जोशीले १६ वर्ष सांसद भएर के गर्‍यो ? भन्छन् ।”, पर्वतबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका अर्जुन प्रसाद जोशीले भने, “पर्वतका धेरै वडाहरूमा बिजुली पुगेको थिएन, म सांसद भएपछि गाउँ गाउँमा बिजुली बत्ती पुग्यो । उहाँहरूले बिजुली बाल्नुभएको छ, । मोबाइल चलाउनुहुन्छ, अनि अर्जुन जोशीले के गर्‍यो भनेर लेख्नुहुन्छ ।”

केही महिना अघि लाल्टिन मिडियासँगको अन्तरवार्तामा उहाँले २०५६ सालमा पहिलो पटक चुनाव लड्दै गर्दा कुश्मा, पाङ लगायत ५ वडामा बाहेक अन्य कुनै पनि वडामा बिजुली नपुगेको बताउनु भएको थियो ।

“म सांसद हुँदा धेरै गाउँमा बिजुली थिएनन्, पछि २०७० सालसम्म सबै ठाउँमा बिजुलीको पहुँच बढाउने काम भयो ।”, प्रतिनिधि सभा सदस्य उम्मेदवार जोशीले अन्तरवार्तामा भन्नुभयो, “खाने पानी सात कोस परबाट डोकोमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो भने केही गाउँमा त पानी सापटी मागेर खानुपर्ने अवस्था पनि थियो, तर, अहिले पर्वतको गाउँ गाउँमा पानी पुगेको छ, यती गर्दा पनि १६ वर्ष अर्जुन जोशी सांसद भएर के गर्‍यो ? भन्दै माइक समाएर भाषण गर्छन् ।”

२०५६, २०६४ र २०७० सालमा तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका उनले “१६ वर्षमा के गर्‍यो ,अर्जुन जोशीले ?” भन्ने एमालेका नेता तथा कार्यकर्ताहरूलाई अन्तरवार्ताका क्रममा आफ्ना कामका बारेमा प्रस्ट पार्न खोजेका थिए । “उनकै आमाले डोकोमा पानी बोकेर छोराहरूलाई खुवाउनु हुन्थ्यो, आज घरघरमा धारा राख्नुभएको छ । छोराले त्यही पानी खान्छ अनि डाँडामा बसेर, चोकमा बसेर के गर्‍यो ? अर्जुन जोशीले भन्नुहुन्छ ।”  उनले भने ।

अन्तरवार्तामा उम्मेदवार जोशीले १६ वर्ष सांसद रहँदा आफैले गरेका कामको प्रचारप्रसार गर्न नजान्दा २०७० सालको चुनाव हार्न पुगेको बताएका थिए । “अहिले दुई सय मिटर पाइप दिए पनि सामाजिक सञ्जालमा वाह वाही हुन्छ, हल्लाखल्ला गरिन्छ । मेरो कामको पार्टीले पनि प्रचार गर्न सकेन अझ भनौँ त्यो संस्कृति नै छैन”, उनले भने, “२०५६ सालको चुनाव लड्दै गर्दा सबै ठाउँमा खुटाले हिँडेर गएको थिएँ । त्यति बेला मतदातालाई भनेको थिएँ, अर्को पटक आउँदा खुट्टाले हिँडेर भोट माग्न आउने होइन कि गाडीमा आउने हो, चाहे त्यो हिलो वा धुलो सडक नै किन नहोस्, गाडीमा नै आउने हो, भनेको थिएँ । त्यही अनुरूप २०६४ को चुनावमा गाडीबाट नै गाउँमा पुगेर भोट मागेको थिएँ । २०७० पनि जितेँ । २०७४ मा चुनाव लड्ने उम्मेदवारहरूलाई गाडीबाट ओर्लनै परेन । गाडीमा सहजै भोट माग्न सक्ने भए ।”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com