Home जनप्रतिनिधि रवि लामिछानेले चितवन- २ बाट उम्मेदवारी दिँदै

रवि लामिछानेले चितवन- २ बाट उम्मेदवारी दिँदै

by ईलालटिन
0 comment

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निश्चित भएको छ । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् ।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने तयारी थियो । रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए । तर, प्रचण्डले चितवनबाट हात झिकेर गोर्खा पुगेका छन् । रवि भने चितवनमै अडिएका हुन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com