पर्वत । सोमबार पत्रकार सम्मेलन गर्दै पर्वतमा सञ्चालित कुश्मा–बलेवा यान्त्रिक पुलले नियमित रूपमा राजश्व भुक्तानी गर्दै आएको स्पष्ट पारेको छ ।
२०७९ को महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यान्त्रिक पुलले कुश्मा नगरपालिकालाई कुनै पनि राजश्व भुक्तानी गरेको नदेखिएको उल्लेख गरेको थियो ।
प्रतिवेदनलाई आधारित मानेर विभिन्न सञ्चार माध्यममा समाचार आएको विषयमा पत्रकार सम्मेलन गरेर सञ्चालक समितिले स्पष्ट पार्न कोसिस गरेको थियो ।
समितिले आफूहरूले नगरपालिका, आन्तरिक राजश्व कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालयमा नियमित रूपमा लाग्ने शुल्क भुक्तान गरेको दाबी सहित कागजात पेस गरेको थियो ।
232