Home विशेष कालीगण्डकी नदीबाट अबैध रुपमा बालुवा चारी गर्नेहरुको मेसिन समातिए

कालीगण्डकी नदीबाट अबैध रुपमा बालुवा चारी गर्नेहरुको मेसिन समातिए

ठाकुर बम मल्ल, कुमार खड्का, आविष्कार बम मल्ल र विनोद हमाल

by ईलालटिन
0 comment

पर्वत ।  ठाकुर बम मल्ल, कुमार खड्का, आविष्कार बम मल्ल र विनोद हमालको कालीगण्डकी नदीबाट अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्न प्रयोग गरिएका सवारी साधन जिल्ला अनुगमन समिति पर्वतले सिल गरेको छ ।

पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा पर्ने कालीगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पर्दाथ उत्खनन गर्न प्रयोग गरिएका ५ वटा सवारी साधन सिल गरिएको हो ।

दोहनकर्ता मध्येका एक विनोद हमालले यस अघि रातको समयमा लामाखेत नजिक स्काभेटर प्रयोग गरेर बालुवा चोरी गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो । प्रहरीले अपरेटरलाई पक्राउ गरेर मुद्धा चलाएको छ । हमाल भने फरार रहेका छन् । उनको खोजिकार्य भएइरहेको प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

जिल्ला अनुगमन समितिको टोलीले मंगलवार कुश्मा नगरपालिका वडा नं. १ स्थित राजाको बगरवाट एक÷एक वटा स्काभेटर र डोजर,जलजला गाउँपालिका वडा नं। ८ खनियाघाटवाट एकवटा स्काभेटर, वडा नं. ८ लस्ती भन्ने स्थानबाट एउटा ट्र्याक्टर तथा पर्वत जलजला गाउँपालिका वडा नं. ४ लामाखेतबाट एउटा स्काभेटर नियन्त्रणमा लिई सिल गरेको हो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com