Home बुलेट न्युज राष्ट्रपतिद्वारा एसिड छ्याप्नेलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा एसिड छ्याप्नेलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

by ईलालटिन
0 comment

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ गरेकी हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ ।
फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।
तेजाव आक्रमणका दोषीलाई कारबाही, पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अपराध संहिताका दफा संशोधन गरिएका हुन् ।

कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शपछि कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मार्फत पारित गरेको हो ।

संशोधित संहितामा तेजाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सात देखि दसवर्ष कैद सात लाखदेखि दसलाखसम्म जरिवाना निर्धारण गरिएको छ ।

त्यसैगरी तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा क्षति भए कसुरको प्रकृतिअनुसार पाँचदेखि दस वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ ।

यस्तै राष्ट्रपतिले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुरपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com