Home Vlog पाका ज्योतिष ८३ वर्षीय खगराज रिजाल

पाका ज्योतिष ८३ वर्षीय खगराज रिजाल

by ईलालटिन
0 comment
पाङका ज्योतिष देशभर नै कहिलिएका छन् । मिलेको कुण्डली भएमा व्यक्तिका भूत, वर्तमान र भविष्य सहजै बताउन सक्ने भएकाले पनि पाङको ख्याति देशभर भएको हो ।
यस ठाउँको सुन्दरताको बारेमा पनि एउटा चल्तीको भनाई छ, ‘देउपुरको जस्तो खेती र पाती बाजुङको जस्तो गाउँ, हिमाल देख्ने दुर्लुङ्गे डाँडा मोहनीलाग्दो पाङ ।’ प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँमा ज्योतिष विद्या सिक्नका लागि भनेर विभिन्न जिल्लाबाट आउने विद्यार्थीहरूको सङ्ख्या बाक्लो हुने गर्थ्यो ।
तर, अहिले भने त्यस्तो छैन । फाट्टफुट्ट केही विद्यार्थीहरू आउने गरेका छन् । चिना, चिर्कटो, हस्तरेखा, आखत लगायत हेर्ने काम कहिलेबाट सुरु भएको हो भन्ने यकिन छैन ।
तर, विक्रम संवत् ११९० सालयताका प्रमाणहरू भने फेला परेको यहाँका ज्योतिषहरू बताउँछन् । गाउँकै पाका ज्योतिष ८३ वर्षीय खगराज रिजाल आफूले सुनेका र भोगेका पुराना कुरा यसरी सुनाउँछन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com