Home कला लागुऔषध खरिद प्रकरणमा दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश

लागुऔषध खरिद प्रकरणमा दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश

by ईलालटिन
0 comment

एजेन्सी । असोज ८सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा बलिउड-लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ।

एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)का अनुसार एनसिबीका वरिष्ठ अधिकारीले अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ।

त्यसैगरी अभिनेत्री रकुल प्रीत, सुशान्तकी म्यानेजर रहिसकेकी श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटालाई बिहीबार पेस हुने आदेश दिइएको छ भने साला अलि खान र श्रद्धा कपुरलाई शनिबार बोलाइएको छ।

एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।

यसअघि दीपका पादुकोणकी व्यवस्थापक करिश्मा प्रकाशलाई पनि जाँचका लागि बोलाइएको थियो। तर प्रकाशले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएकाले यसका लागि केही समय मागेकी छन्।

उनलाई शुक्रबारसम्मका लागि छुट दिइएको छ। प्रकाशको ह्वाट्सएप च्याटमा लागुपदार्थका बारेमा कुराकानी भएको पाइएको छ।

लागु पदार्थ खरिद प्रकरणमा हालसम्म कयौं बलिउड स्टारहरूको नाम सार्वजनिक भइसकेको छ।

यसअघि एनसिबीले सेप्टम्बर ८ मा लागुपदार्थ प्रयोग गरेको भन्दै अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो।

मिडिया रिपोर्टहरूमा अभिनेत्री दीया मिर्जाको नामसमेत यस प्रकरणमा मुछिएको थियो तर यसलाई दीयाले अस्वीकार गरेकी छन्।

उनले आफूले कहिले लागुऔषध सेवन नगरेको बताएकी छन्। योसँगै यस प्रकरणमा आफ्नो नाम जोडिएकोमा उनले कानुनी बाटो अपनाउने पनि जनाएकी छन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com