Home समाचार १८ सांसद र २२ कार्यकारिणी सदस्य आफूसँग रहेको उपेन्द्र पक्षको दाबी

१८ सांसद र २२ कार्यकारिणी सदस्य आफूसँग रहेको उपेन्द्र पक्षको दाबी

by ईलालटिन
0 comment

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ । पार्टीभित्र लामो समयदेखि जारी विवाद फुटसम्म पुग्ने भएको हो । बुधबार राति जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा लामो छलफल भएको थियो । छलफलमा अलग–अलग भएर अघि बढ्ने सहमति भएको अध्यक्ष यादवले बाह्रखरीलाई जानकारी दिए ।

उपेन्द्र समूहका नेता तथा सांसद् मृगेन्द्रकुमार सिंह यादवले पार्टी विभाजन भए आफूहरूसँग २० केन्द्रीय कार्यकारिणी सदस्य रहने दाबी गरे । १६ सांसद् पनि आफूहरूसँग रहने यादवको दाबी छ ।अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । बहुमत नेता तथा सांसद्ले उपेन्द्रलाई साथ दिने उनी दाबी गर्छन् ।

उपेन्द्रनिकट अर्का नेता- अर्जुन थापा १८ सांसद आफूहरूसँगै रहेको दाबी गर्छन् । त्यसबाहेक राजकिशोर यादव र महिन्द्रराय यादव पनि बाबुरामको पछि लाग्ने अवस्था नरहेकाले आफूहरूसँगै आउने उनी बताउँछन् । राजकिशोर र महिन्द्र आफूहरूपट्टि आए कार्यकारिणी सदस्य संख्या २४ पुग्ने उनको भनाइ छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com