Home समाचार ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्कमा ग्राभेल सुरु

४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्कमा ग्राभेल सुरु

by ईलालटिन
0 comment

काठमाडौं । जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो । अहिले जग्गा सम्याउने काम थालिएको पोखराका मेयर धनराज आचार्यले बताए । आधा भागमा ग्राभेल हालेर सम्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ ।

‘बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलो मुक्त बनाउने छौं । नाला निर्माण र ग्राभेलको काम भैरहेको छ,’ वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘प्रदेश सरकारले र पोखरा महानगरले मिलेर काम सुरु गरिएको हो ।’ नाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ । मर्सानी र मेयर आचार्यले बसपार्कको निरीक्षण गरेका छन् ।
ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए ।

गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको सुरुवात गरिएको थियो ।बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । १८ फागुन २०३२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले सुकुम्बासी भरिएका छन् । तत्कालीन समयमा अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले ८१ रोपनी मात्रै बाँकी छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com