Home Export दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

by ईलालटिन
0 comment

झापा । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’ नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com