Home समाचार काठमाडौंको फोहोर राति मात्र लैजान पाउने गरी स्थानीय वडाध्यक्षहरूसँग महानगरको १८ बुँदे सहमति

काठमाडौंको फोहोर राति मात्र लैजान पाउने गरी स्थानीय वडाध्यक्षहरूसँग महानगरको १८ बुँदे सहमति

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर अबदेखि राति मात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीय वडाध्यक्षहरूबीच बिहीबार राति १८ बुँदे सहमति भएको छ।सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका- १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका- २ का अध्यक्ष तिलकबहादुर लामा, धुनीबेंसी नगरपालिका- १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका- ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार काठमाडौ महानगरपालिकाबाट बञ्चरेडाँडा कुडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रूपमा रातिको समयमा गरिने भएको छ। रातिका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ। यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने छ। फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ।  फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने पनि सहमति भएको छ।

फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने पनि सहमति भएको छ ।  फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने,  फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने लगायत विषय सहमतिपत्रमा उल्लेख गरिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com