Home समाचार नेविसंघले त्रिविको ताला खोल्ने, छानबिन समिति गठन गर्न माग

नेविसंघले त्रिविको ताला खोल्ने, छानबिन समिति गठन गर्न माग

by ईलालटिन
0 comment

काठमाडौं  । त्रिवि पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो। उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए।

‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,’ उनले भने। ताला खोल्न अनेरास्ववियुले पनि माग गर्दै आएको थियो। त्रिवि पदाधिकारी भ्रष्टाचारमा संलग्न रहेको आरोपसहित नेविसंघले बर्खास्त गर्न माग गर्दै ताला लगाउँदै आएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com