Home समाचार श्रीमतीलाई औषधी लिन निस्किएका बिष्णुदेवको शव इनारमा भेटियो

श्रीमतीलाई औषधी लिन निस्किएका बिष्णुदेवको शव इनारमा भेटियो

by ईलालटिन
0 comment

सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्किया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीको औषधी लिन मंगलबार अपरान्ह घरबाट निस्केका ४८ वर्षीय साहको शव आज बिहान गाउँकै इनारभित्र फेला परेको हो ।

औषधी लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

-यता मृतकका  श्रीमती शिवोदेवी साहले रिसिबीका कारण उनको हत्या भएको आरोप लगाएकी छन् ।  गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा विष्णुदेवलाई मारिदिने धम्की दिँदै आएको बताइन् । साह एक महिना अघिमात्र वैदेशिक रोजगारीबाट घर आएका थिए । गाउँका स्थानीयवासीसँग आरसीसी ढलान गर्ने विषयमा उनको विवाद हुँदै आएको बताइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com