Home समाचार चुनावी समीक्षा गर्न लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

चुनावी समीक्षा गर्न लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

by ईलालटिन
0 comment

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकमा स्थानीय चुनावको समीक्षा, संगठन निर्माण, अगामी संघ तथा प्रदेशको चुनाव लगायतका विषयमा छलफल हुने पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झाले बताए ।

बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा शनिवार बस्ने बैठकका लागि कार्यकारिणी समितिका सदस्यहरुलाई जानकारी पठाइ सकेको छ । स्थानीय निर्वाचनको मतपरिणाम आफूअनुकुल नआएपछि लोसपा र जसपाबीच गठबन्धन वा एकताको विषयमा पनि चर्चा सुरु भएको छ । नेताहरुको बीचमा अनौपचारिक छलफल पनि सुरु भइसकेको छ ।

यो विषय परिपक्क भइ नसकेको हुनाले यो विषय बैठकमा एजेण्डाकै रुपमा नआउने कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । आवश्यकता अनुसार दुई दलको बीचमा मोर्चाबन्दी हुनुपर्ने विषयमा चर्चा सुरु भएको छ । औपचारिक रुपमा नभएपनि अनौपचारिक छलफल हुने सम्भावना रहेको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com