Home समाचार बाजुरामा नयाँ सिडिओ र डिएसपी पठाइयो, बुढीगंगामा चुनावको मिति अझै अनिश्चित

बाजुरामा नयाँ सिडिओ र डिएसपी पठाइयो, बुढीगंगामा चुनावको मिति अझै अनिश्चित

by ईलालटिन
0 comment

काठमाडौं । कांग्रेसबाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए। मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीहरूले प्रभावकारी भूमिका नखेलेको आरोप पनि छ। त्यसैले निर्वाचन आयोगले सिडिओसहित प्रहरी प्रमुखहरू परिवर्तन गरी पुन: निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको थियो। -चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको हो।

गृह मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ।सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ।उनीहरूले आइतबारदेखि कार्यभार सम्हालेका थिए। निर्वाचन आयोगले यहाँ निर्वाचन अधिकृतसमेत पठाएको छ। पुष्पराज पाण्डे निर्वाचन अधिकृत तोकिएका छन्। -मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायतसँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको छ।

सिडिओ प्रकाशचन्द्र अधिकारीले निर्वाचनका लागि सुरक्षासम्बन्धी सबै तयारी गरिसकिएको जानकारी दिए।सुरक्षाका हिसाबले हामी तयारीमै छौं,’ अधिकारीले सेतोपाटीसँग भने, ‘चुनावको मिति तोक्ने काम निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आयोगको समन्वयमा गर्छ।’चुनावको मिति घोषणा भइनसकेको उनले बताए।पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए।

‘अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्री छाडेर हिनेको’ जानकारीसहित उनले आयोगलाई पत्र पठाएका थिए।यसपछि आयोगले बुढीगंगामा पुन: मतदान गर्ने निर्णय गर्दै प्रजिअ र प्रहरी प्रमुखहरू परिवर्तन गर्न सिफारिस गरेको थियो।यहाँ पहिले प्रजिअ उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्ट र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा कार्यरत थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com