Home TV कालीमा ज्यान फाली बालुवा झिक्नेहरुको एउटा कथा…..भिडियो

कालीमा ज्यान फाली बालुवा झिक्नेहरुको एउटा कथा…..भिडियो

by ईलालटिन
0 comment

पर्वत । धमिलो भएर पर्वत र बाग्लुङको छेउलाई साक्षी राखेर उर्लँदै बेगले बगिरहेको यस नदी कालीगण्डकी हो । नदी छेउमा एउटा माझी बस्ती छ । उनीहरुको दैनिक यही नदीमा बित्छ । यी मानिसहरु गण्डकी भेलमा पसेर बालुवा निकाल्ने भूँईमान्छेहरु हुन् ।

खाली डोकोमा बालुवा भरिएपछि मात्र उनीहरुको खाली पेट भरिन्छन् । साना केटाकेटीहरुको अनुहारमा यसरी निश्चल मुस्कानहरु प्रष्फुटित हुन्छन् । काली भेलले बगाउँछ भन्ने डर मान्न छाडिसकेको बर्षौ भैसक्यो । जब यसरी नदीमा भेल आउँछ यिनीहरुको आम्दानीमा थोरै भएपनि वढोत्तरी हुने गर्छ । र त सकिनसकी पिठ्यूँले गह्रौ बालुवाले भरिएको डोको बोकी नदीमा पसेर बालुवा लिएर निस्कन्छन् ।

साना केटाकेटीहरुको खेल्ने मैदान यही काली छेउको बगर बनेको छ । यी ननीहरुको खुसी बगरमै भेटिन्छन् । आकासमा उड्ने चरीजस्तै स्वतन्त्र छन् । बालुवामा आफ्नै घर बनाउँछन् । आफै मुस्कुराउँछन् । र आफ्ना बाआमाहरुलाई बेलाबेला नदी किनारबाट टुलुटुलु हेरिरहन्छन् । भर्खर १५, १६ वर्ष पुग्दै गरेका यिनीहरुको साहसलाई हेर्दा लाग्छ उर्लँदै गरेको कालीलाई साथी बनाइसकेका छन् । त्यसैले त हरेक दिन यसरी ज्यानको बाजी लगाएर डोको र बेल्चा बोकेर नदीमा होमिन्छन् ।

यिनीहरुका नाईके प्रमिला भण्डारीको गुनासो छ कि, एक्साभेटर नदी  हाल्नेहरुलाई केही नभन्ने अनि सामान्य मान्छे, जो बेल्चाले बालुवा झिक्ने हामीहरुलाई भने प्रशासनले दुख दिने । यी भूँईमान्छेहरुलाई सहज तरिकाले गरिखान दिए हुँदैन र ? धनीहरुले खोलामा डोजर चलाउँदा आँखा चिम्लने अनि सामान्य मजदुरहरु, जो बालुवाकै भरमा चुल्हो बाल्दछन्, तिनीहरुको चुल्हो निभाउने ? यो त भएन नि । पाप लाग्ला है ।

यी देखिएका दाउराहरु उनीहरुले उर्लेको भेलबाट अफ्नो ज्यानलाई हत्केलामा राखेर झिकेका हुन् । यसरी भनौँ नदीमा भेल आउँदा उनीहरुमा खुसी आउँछ । गायक बद्रि पंगेनीकै गीतको भावलाई सम्झँदै भन्नैपर्ने हुन्छ, कालीमा ज्यान फाली बालुवा झिक्नेहरु, अझै नि लोकतन्त्र आ ’ को छैन है ।। अझै नि लोकतन्त्र आ ’ को छैन है ।।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com