Home समाचार कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

by ईलालटिन
0 comment

रौतहट ।  रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।

त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अधिकृत रामचन्द्र लुइँटेलले जानकारी दिएका छन् ।  कार्यपालिका सदस्यको निर्वाचनमा एमाले बाट उम्मेदवारी दिएका हेमप्रसाद साह पराजित भएको अधिकृत लुइँटेलले बताए । यस अघि कटहरिया ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष चन्दन कुश्वाहाले निर्वाचन अधिकृतका कारण एमाले समर्थित ४ जना मानिस कार्यपालिकाको उम्मेदवारी बाट वञ्चित भएको आरोप लगाएका थिए ।

लुइँटेलले भने निर्धारित समयमा न आएको कारण उम्मेदवारी दिन नसकेको प्रतिक्रिया दिएका थिए । गत ३० गते भएको निर्वाचनमा कटहरिया नगरपालिकामा काँग्रेस पार्टीबाट मेयरमा अजय प्रकाश जयसवाल, उपमेयरमा रिता देवी यादवका साथै  ४ जना वडा अध्यक्ष तथा २६ जना सदस्य निर्वाचित भएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com