Home समाचार पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रुसी राजदूतबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रुसी राजदूतबीच भेटवार्ता

by ईलालटिन
0 comment

काठमाडौं ।  नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे।

-भेटको क्रममा दुई देश बिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । सो भेटको अवसरमा राजदूत नोभिकोले आगामी दिनमा नेपाल-रुस सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com