Home अर्थ/वाणिज्य पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाएर राहत दिने सरकारको निर्णय

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाएर राहत दिने सरकारको निर्णय

by ईलालटिन
0 comment

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको संसदमा जानकारी दिए ।

मन्त्रिपपिरषद्ले स्वीकृति दिएर अर्थ मन्त्रालयमा कार्यान्वयनका लागि गएको उनले बताएका थिए । नेपाल आयल निगमले बजेटसम्बन्धी सु-झाव दिँदा १० बुँदे सुझावमा पेट्राेल, डिजेल र मट्टितेलमा १० रुपैयाँ र एलपीजी ग्याँसमा १०० रुपैयाँ कर छुट गर्ने प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालयका स्रोतका अनुसार पेट्रोलियम पदार्थमा छुट दिने सैद्धान्तिक सहमति पाइए पनि कुन शिर्षकमा कसरी घटाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।

ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार कर प्रतिलिटर ५ र भन्सार दर १० रुपैयाँ बढाएका थिए। अहिले पूर्वाधार कर लिटरमा १० रुपैयाँ छ। सरकारले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अनुसार मूल्य समायोजन गर्दै आएको थियो। अहिले पेट्रोल लिटरको १८० र डिजल तथा मट्टितेल लिटरको १६३ रुपैयाँ छ। त्यसैगरी एलपीजी ग्याँसको मूल्य १८०० रुपैयाँ छ । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com