Home समाचार विदेशी विद्यार्थी अस्ट्रेलिया आउन पाउने

विदेशी विद्यार्थी अस्ट्रेलिया आउन पाउने

by ईलालटिन
0 comment

३२ साउन, सिड्नी । कोरोनाको महामारीका कारण अध्ययन स्थगन गर्न बाध्य भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाले स्वदेश आउन दिने निर्णय गरेको छ । अस्ट्रेलिया सरकारको यस्तो निर्णयले नेपाली विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् ।

यहाँका ब्यापार मन्त्री साइमन बर्मिङ्ह्मले आइतबार उक्त कुरा बताएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ । पत्रिकाको अनलाइन संस्करणअनुसार पहिलोपटक साउथ अस्ट्रेलियाको एडिलाइडमा तीनसय विध्यार्थीलाई आउन दिइने छ ।

एडिलाइड आइपुग्ने सबै बिध्यार्थीलाई सुरूमा क्वारेन्टिनमा राखिनेछ । दुई हप्तापछि उनीहरुले आफ्नो अध्ययन सुरु गर्न पाउनेछन् ।

हाल चीन, भारत, नेपाल र भियतनामबाट अस्ट्रेलिया आउनुपर्ने हजारौं विद्यार्थीहरू आ–आफ्ना देशमा अड्किएका छन् । उनीहरुको क्वारेन्टाइनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगर्ने यहाँको सरकारले स्पष्ट पारेको छ ।

अनलाइन खबरबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com