Home समाचार अहेब, अनमीलगायत पदमा सुदूरपश्चिम लोक सेवाले माग्यो दरखास्त

अहेब, अनमीलगायत पदमा सुदूरपश्चिम लोक सेवाले माग्यो दरखास्त

by ईलालटिन
0 comment

काठमाडौं । सुदूरपश्चिम लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ। दुई सय ६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। अनलाइनबाट दरखास्त दिन सकिनेछ। प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र स्थानीय सरकारी सेवातर्फ स्वास्थ्य सेवा चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान भएको हो। अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेबलगायत पदमा दरखास्त आह्वान भएको छ। लिखित परीक्षा मिति भने पछि तोकिनेछ।  यसबारे विस्तृत विवरण आजको गोरखापत्रमा प्रकाशित सूचनामा खुलाइएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com