Home पत्रपत्रिका कोरोनाको प्रभाव_६ महिनापछि फेवातालमा डुंगा सरर…

कोरोनाको प्रभाव_६ महिनापछि फेवातालमा डुंगा सरर…

by ईलालटिन
0 comment

पोखरा । ६ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा शुक्रबारदेखि सञ्चालनमा आएको हो।

स्वास्थ्य मापदण्ड अपनाएर ६ महिनापछि डुंगा संचालनमा आएको फेवा डुंगा व्यवसायी समितिका सहसचिव रुद्र भुजेलले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा मापदण्ड अपनाएर डुंगा संचालन गर्न अनुमती दिएको हो। डुंगा संचालनमा अनुमती दिए पनि फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालबाराही मन्दिर दर्शन गर्न र घुम्न जान भने रोक लगाइएको छ। डुंगामा मन्दिरमा जान भने पाइने छैन सहसचिव भुजेलले भने।

डुंगामा फेवाताल सयर गर्दा एकै परिवारका वा संगै आएका साथी हुनु पर्ने छ। डुंगा घाटमै भेटिएर डुंगा सियर गरेर तालमा घुम्न जान पनि रोक लगाइएको उनले सुनाए। डुंगा चड्न आउने यात्रुहरुले अनिवार्य रुपमा माक्स लगाएको हुनु पर्ने छ। डुंगा चड्नु अघि ज्वरो नाप्ने, सेनिटाइजर प्रयोग गरिने छ।

कोरोना संक्रमण नसरो भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा मात्र यात्रु डुंगामा सयर गर्न पाउने छन्। १८ फुटे डुंगामा ३ जना र २० फुुटे डुंगामा ४ जना यात्रु चड्न पाउने छन्। १० जना अट्ने प्याडलबोटमा ५ देखि ६ जना मात्र चड्न पाउने व्यवस्था मिलाइएको उनले सुनाए।

लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखिने छ। यसरी स्यानिटाइज गरेको जकेट भोली पल्ट मात्र प्रयोगमा ल्याइने पनि उनले बताए। डुंगा संचालनमा आए संगै लामो समय थन्कीएका डुंगा मर्मत, सरसफाई सुरुभएको छ।

फेवातालको ८ डुंगा घाटमा गरेर कुल ७ सय डुंगा रहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए। सबै भन्दा धेरै फेवातालको बिचमा रहेको तालबाराही मन्दिर जाने बाराही घाटमा ३ सय ५६ वटा डुंगा छन्।  फेवातालमा ६ सय जनाले दैनिक डुंगा चलाएर जीवन निवार्हा गर्दै आएका थिए। सिजनमा बाराही घाटका सबै ३ सय ५६ वटा डुंगाले पालो पाउँने र अफसिजन असार साउनमा भने पर्यटक कम आउने भएकोले रोल ढिलो आउने व्यवसायीले बताएका छन्।

कोरोना भाइरसका कारण यति बेला ब्यस्त रहने पोखराको लेकसाइड, अन्नपूर्ण पदयात्रा क्षेत्र, प्याराग्लाइडिङ गर्ने पर्यटकले रंगीने पोखराको सराङ्कोटको आकाश सुनसान छ। बिहानै उठ्ने बित्तीकै सूर्योदयको अवलोकन गर्न र सुनौलो हिमाल हेर्न पग्ने सराङ्कोट पनि सुनसान छन्। अन्नपूर्ण पोष्ट

पोखराको फेवातालमा डुंगा सरसफाई गर्दै व्यवसायी। तस्बिर : कृष्णमणि बराल

थप समाचार

पोखरीमा महिलाको शव भेटियो

पोखरीमा महिलाको शव भेटियो

समाज / प्रदेश ५ / ०२ असोज २०७७

मोरङमा एक सयसहित प्रदेश १ मा १६६ नयाँ संक्रमित थपिए

मोरङमा एक सयसहित प्रदेश १ मा १६६ नयाँ संक्रमित थपिए

स्वास्थ्य / प्रदेश १ / ०२ असोज २०७७

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com