Home समाचार अन्तर्घात नभएको भए अझै धेरै पालिका जित्थ्यौं: कांग्रेस

अन्तर्घात नभएको भए अझै धेरै पालिका जित्थ्यौं: कांग्रेस

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक नै आएको बताएको छ।कांग्रेसले सात सय २८ पालिकाको मतपरिणाम आउँदा तीन सय २० पालिकामा प्रमुख/अध्यक्ष जितेको बताएको छ भने दुई सय ९४ जना उपप्रमुख/उपाध्यक्ष जितेको जानकारी दिएको छ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार मतगणना जारी रहेका ठाउँमा पालिका प्रमुख र उपप्रमुखमा केही ठाउँमा पार्टीका उम्मेदवार अग्र स्थानमा रहेकोले यो संख्या केही बढ्न सक्छ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको हाम्रो निश्कर्ष छ,’ उनले भने, ‘यद्यपी यसपालि पनि विभिन्न ठाँउहरुमा अन्तरघात भएको सूचनाहरु आइरहेका छन्। यो प्रवृति नदोहोरिएको भए उल्लेख्य संख्या थप हुने कुरामा दुई मत थिएन।’स्थानीय निर्वाचनको सबै परिणाम आइसकेपछि प्रत्येक गाउँ र नगरपालिकामा पार्टीका सदस्यहरुको भूमिकाको सम्बन्धमा पार्टीले समीक्षा गर्ने उनले बताए।‘ यो परिणामबाट आम जनतामा कांग्रेसप्रतिको विश्वास बढेको भन्ने आंकलन पुष्टि भएको छ,’ उनले भने।उनले पाँच दलीय गठबन्धन पनि यो निर्वाचनमा सफल भएको बताए।‘गठबन्धनका सन्दर्भमा निर्णय अन्तिम समयमा हुँदा यसको सन्देश मतदातासमक्ष पुर्‍याउन भएको कठिनाइले केहि समस्या आएता पनि समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबीचमा भएको तालमेल सफल भएको हाम्रो निश्कर्ष छ,’ उनले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com