Home विशेष सडक दुर्घटनाबाट ज्यान गुमाएका आफन्तबाट नाराबाजी र सडक अवरोध 

सडक दुर्घटनाबाट ज्यान गुमाएका आफन्तबाट नाराबाजी र सडक अवरोध 

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा हिजो भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते परिवारका आफन्तहरूले दुर्घटना स्थलमा पुगी नाराबाजी गर्नुका साथै सडक बन्द गराएका छन् ।

दुर्घटनाबाट ज्यान गुमाएका आफन्तहरूले धौलागिरि बस प्रा.लिले बेवास्ता गरेको भन्दै यति बेला पोखरा बागलुङ राजमार्ग अवरोध गराएका छन् । दोषी बसका चालकलाई कारबाही गर्नुका साथै बस व्यवसायी समितिले घट्नाको जिम्मेवारी लिएर क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । अहिले बन्द सडक खुलाउने प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

बुधवार साँझ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो जिप र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा २ जनाको ज्यान जानुका साथै १४ जना यात्रु घाइते भएका थिए ।

बागलुङको काठेखोला गाउँपालिका–७ का जिप चालक ३१ वर्षीय लालबहादुर थापाको मृत्यु भएको थियो । उनलाई दुर्घटना लगत्तै उद्धार गरेर उपचारका लागि पर्वत अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएका हो । त्यसतै जिपमा सवार बागलुङ काठेखोला–४ की २४ वर्षिया प्रतीक्षा पुनको पनि हिजो राति पोखरा मेट्रो सिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

उपचारको क्रममा रहेका १२ जना यात्रु उपचार पश्चात् घर गइसकेका छन् भने दुई जनाको अवस्था चाहिँ गम्भीर रहेको छ । उनीहरूको अहिले पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com