Home समाचार भारतको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री राजीव गान्धीका हत्यारा रिहा

भारतको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री राजीव गान्धीका हत्यारा रिहा

by ईलालटिन
0 comment

काठमाडौं । भारतको सर्वोच्च अदालते बुधबार देशका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्याका आरोपी ए.जी पेरारिवलनलाई रिहा गरिदिएको छ। उनी ३१ वर्षदेखि कैद सजाय भोगिरहेका थिए। भारतको सर्वोच्च अदालतले ए.जी.पेरारिवलनलाई मुक्त गर्न असाधारण शक्ति प्रयोग गरेको पेरारिवलनका वकिलले बताए। पेरारिवलन गान्धीको हत्या भएको केही सातापछि तमिलनाडूमा पक्राउ परेका थिए।

आक्रमणको दोष श्रीलङ्काबाट अलग तमिल राज्य माग गरिरहेको तमिल विद्रोहीलाई लगाइएको थियो ।  -गान्धीले सन् १९८७ मा श्रीलङ्कामा विद्रोही दबाउन भारतीय सेना पठाउने निर्णय गरेका थिए। त्यसैको बदलामा उनको हत्या भएको आशङ्का गरिन्छ। पक्राउको समयमा १९ वर्षका पेरारिबलनलाई बममा प्रयोग भएको ब्याट्री किनेको आरोप छ। उनलाई गान्धीको हत्यामा सघाएको लगायत अन्य मुद्दामा सजाय दिइएको थियो ।

उनी लगायत अन्य ६ व्यक्तिलाई गान्धीको हत्यामा संलग्न भएको आरोपमा सन् १९९८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । सन् २०१४ मा उनको मृत्युदण्डको सजाय घटाएर आजीवन जन्म कैद बनाइएको थियो। सन् २०१५ मा पेरारिवलनका वकिलले उनलाई मुक्त गर्न माग गर्दै तमिल–नाडूका गर्भनरलाई आवेदन दिएका थिए। गर्भनरले आवेदन भारतका राष्ट्रपतिलाई पठाएका थिए। बुधबार भारतको सर्वोच्च अदालतले संवैधानिक प्रावधान अनुसार पेरारिवलनले जेल सजाय पुरा भएको बताउँदै उनलाई रिहा गरेको हो। रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com