Home बुलेट न्युज घट्यो डिजेल र मट्टितेलको मूल्य

घट्यो डिजेल र मट्टितेलको मूल्य

by ईलालटिन
0 comment

काठमाण्डौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

एक सूचना जारी गर्दै निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेकाे मूल्य राति १२ बजेदेखि लागू हुनेछ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

हाल समायोजनपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ३८ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com