Home समाचार भरतपुरका ८ वडाको गणना सकिँदा वडामा माओवादीका सबै उम्मेदवार पराजित

भरतपुरका ८ वडाको गणना सकिँदा वडामा माओवादीका सबै उम्मेदवार पराजित

by ईलालटिन
0 comment

चितवन । भरतपुर महानगरपालिकाको ८ वटा वडाको गणना सकिँदा रेनु दाहालले मेयर पदमा मतान्तर बढाउँदै लगे पनि उनको पार्टी माओवादी केन्द्रले  वडा सदस्य पनि जित्न सकेको छैन। ८ वटा वडामा माओवादीले १० जना वडा सदस्यका उम्मेदवार उठाएको थियो। तर उनीहरू कसैले पनि जित्न सकेनन्।

नेपाली कांग्रेसले ६, नेकपा एमालेले १ र एकीकृत समाजवादीले १ वडाध्यक्ष जितेका छन्। कांग्रेसले वडा नम्बर १, २, ४, ५, ६ र ८ मा वडाध्यक्ष जितेको हो। एमालेले वडा नम्बर ३ र गठबन्धनकातर्फबाट एकीकृत समाजवादीले ७ नम्बरमा वडाध्यक्ष जिते।  -८ वडाका ३२ जना सदस्यमा कांग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जना निर्वाचित भएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com